लोसपाले नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धनलाई समर्थन गर्ने



लोसपाले नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धनलाई समर्थन गर्ने

काठमाण्डाै १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बबरमहलमा रहेको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । गठबन्धनमा समर्थन गर्ने निर्णय गरे पनि सरकारमा जाने/नजानेबारे अहिले कुनै निर्णय नगरेको उनले बताए । कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यस सँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दल बीच सहमति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे