दाङ देउखुरीकाे मटेरीयामा चट्याङ लागेर एक जनाको मृत्यु



दाङ देउखुरीकाे मटेरीयामा चट्याङ लागेर एक जनाको मृत्यु

भालुवाङ १५ असार । दाङकाे देउखुरीमा चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीया निवासी ३९ वर्षिय भुमिसरा बुढामगरको चट्याङमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिएकी छिन् ।

शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङमा परेर उनको मृत्यु भएको हो । उपचारको लागि लमही अस्पताल लगिए पनि चिकित्सकले राती नै मृत घोषणा गरेका थिए । शबलाई लमही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे