नर्ती- केरूनिया जोड्ने सानो नदीको कल्भर्ट बाढीले भाँचिदियो : आवातजावतमा समस्या



नर्ती- केरूनिया जोड्ने सानो नदीको कल्भर्ट बाढीले भाँचिदियो : आवातजावतमा समस्या

लमही १९ असार । दाङको लमही नगरपालिका १ नर्ती- केरूनिया जोड्ने ठूलो कल्भर्टलाई बाढीले भाँचिदिएको छ ।

मंगलबार बेलुका सानो नदीमा आएको बाढीले सो कल्भर्ट भाँचिदिएको हो । ११ मिटर लम्बाई तथा ४.६० मिटर चाैडाई रहेको कल्भर्ट भाँचिदा करिव ५/६ गाउँका स्थानीयहरू प्रभावित भएका छन् ।

कल्भर्ट भाँचिदा सोनपुर, बरूवागाउँ, केरूनिया, छिगटपुर, मझेरिया, भगवानपुरका स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ भने यातायात साधान समेत अवरुद्ध भएको लमही नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चाैधरी जानकारी दिएका छन् । सो कल्भर्ट तत्कालीन सोनपुर गाविसको पहलमा प्रगन्नाले २५ वर्ष पहिले बनाएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे