ज्ञानोदय मावि पत्थरगढवाको अभिभावक भेला सम्पन्न



ज्ञानोदय मावि पत्थरगढवाको अभिभावक भेला सम्पन्न

भालुवाङ ७ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।शिक्षक अभिभावक संघकी संयोजक सर्मिला चौधरीको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले थप नयाँ स्कुल ड्रेस बनाउने, अभिभावक र विद्यार्थीको मागलाई मध्यनगर गरी स्कुल बस सञ्चालन गर्न सम्बन्धित निकाय सँग माग गर्ने, थप एक जना कार्यालय सहयोगी राख्ने, कमजोर विद्यार्थीका लागि थप अतिरिक्त कक्षा सञ्चालन गर्ने र विद्यालयको प्रेस संयोजकमा पत्रकार ओमप्रकाश गुप्तालाई राख्ने निर्णय गरेको छ । भेलाको सहजीकरण विद्यालयका प्रधानाध्यापक इन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे