लुम्बिनीमा संघीयता र कृषि बिरोधी बजेट ल्याएकाे भन्दै कांग्रेसद्धारा संसद बैठक अबरुद्ध



लुम्बिनीमा संघीयता र कृषि बिरोधी बजेट ल्याएकाे भन्दै कांग्रेसद्धारा संसद बैठक अबरुद्ध

भालुवाङ ७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर आज शुक्रबारको लुम्बिनी प्रदेशसभाकाे बैठक अवरुद्ध गरेकाे छ । बजेट जनतामैत्री नभएको र संघीयताविरोधी आएको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएको हाे ।

बैठकको सुरूमा कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफनो धारणा राखेर  सदन अवरुद्ध गरेका हुन् ।  दल नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसका सबै सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । बैठक सञ्चालन भएको पाँच मिनेट ५९ सेकेण्डमा सदन अवरुद्ध भएको हो ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षका दलहरूका बीचमा सदन खुलाउनेबारे छलफल भएपनि सहमति जुट्न नसकेपछि वैठक स्थगित भएको छ । चौधरीले आम जनतालाई मल बिउ पुर्‍याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथमिकता हो भनेर पनि प्रश्न गरे । उनले संघीयता विरोधी बजेट भएको हुदा कांग्रेसले यसको विरोध गरेको बताए । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए ।

यता कांग्रेसको अवरोधका कारण आधा घण्टाको लागि स्थगित बैठक पुनः बस्न सकेन । दलहरूको बिचका सहमति कायम गर्न आधा घण्टाको लागि संसद बैठक स्थगित गरिएपनि सहमति नजुटेपछि अर्को बैठक असार ९ गतेको लागि बोलाइएको प्रदेश सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे