माैसममा सुधार आएपछि राप्तीका विद्यालय भोली देखि संचालनमा आउने



माैसममा सुधार आएपछि राप्तीका विद्यालय भोली देखि संचालनमा आउने

देउखुरी २० जेठ । अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय जेठ २१ गते भोली (सोमबार)देखि सञ्चालन हुने भएका छन् । माैसममा सुधार आएपछि गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबार देखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढेपछि पालिकाले आईतवार र साेमबार दुई दिन बिदा थप गर्ने निर्णय गरेको भएपनि गर्मी तत्काल घटेकाले सोमबार देखि नै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे