संस्कृति संरक्षण र बिकासमा कला/साहित्यको भूमिका बिषयक विचार गोष्ठी सम्पन्न



संस्कृति संरक्षण र बिकासमा कला/साहित्यको भूमिका बिषयक विचार गोष्ठी सम्पन्न

देउखुरी १६ जेष्ठ । संस्कृति संरक्षण र बिकासमा कला/साहित्यको भूमिका बिषयक एकदिने विचार गोष्ठी बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान केन्द्रीय समिति लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थीक सहयोगमा मंगलबार न्यू इरा होटेल बुटवलमा कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादको अध्यक्षता एवम् बुटवल उप—महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशका १२ जिल्लाबाट नेतृत्व तहका साहित्यकार एवं सस्कृतिविधहरुको सहभागितामा भएको गोष्ठीले पाँच बुँदे निष्कर्श सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका निष्कर्शहरुमा कार्यपत्रको आकार लिन नसकेका केही प्रस्तुतिलाई पूनर्लेखन गर्ने, सबै प्रस्तुतिहरुको अन्तिम पटक भाषा सम्पादन गरी कार्यपत्र संगालोको रुपमा प्रकाशन गर्ने, सम्पादित संगालोमा रहेका पाठ्य समाग्रीलाई वयभसाइडको माध्यमबाट अन्तर्राष्ट्रियकरण गर्ने, पालिकामा संस्कृति सम्बन्धि कार्यक्रम सञ्चालन/सम्पादन गर्न सहजता ल्याउनका लागि सम्पादित कार्यपत्र संगालो बुटवल उप—महानगरपालिकालाई उपलब्ध गराउने र बाह्रै जिल्लाको सहभागिता रहनेगरी कार्य—पत्र लेखन कार्यशाला गोष्ठीको आयोजना गर्ने रहेका छन् ।

कार्यक्रममा संस्कृति सम्बन्धी १३ वटा कार्य—पत्रको संगालो हात—हातमा बितरण गरी सबै कार्य—पत्रको टिप्पणी गरिएको थियो । प्रस्तोताहरु प्रा.डा.हिरण्यलाल ज्ञवालीको प्रस्तुतिमा डिल्लीराज भट्टराई, प्रा.हुमाकान्त पाण्डेको प्रस्तुतिमा ऋषि भुसाल, डा.रामप्रसाद घिमिरेको प्रस्तुतिमा तिलक भुसाल, राजेन्द्रकुमार आचार्यको प्रस्तुतिमा रमेश समर्थन, उत्तरकुमार पराजुलीको प्रस्तुतिमा रुद्र ज्ञवाली, डा.लक्ष्मी पोख्रेल ‘कोकिला’को प्रस्तुतिमा माधवराज चुदाली, पुरुषोत्तम पाण्डेयको प्रस्तुतिमा अजीत खनाल, नीमबहादुर थापाको प्रस्तुतिमा कविता उपाध्याय, तिलक लामिछानेको प्रस्तुतिमा हरि पोख्रेल, शेखर दहितको प्रस्तुतिमा मणि शर्मा, बिक्रम शिशिरको प्रस्तुतिमा डा.हरि तिमिल्सिना, सुमित्रा रानाको प्रस्तुतिमा राजकुमारी कवँर, र सुरेश सेन्चुरीको प्रस्तुतिमा डा.मुरारी पराजुलीले टिप्पणी गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि ८० वर्षीय प्राध्यापक बुँदे रानाको गजल गायनले हल जुरु जुरुक भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खेलराज पाण्डेयले १२ जिल्लाबाट आउनु भएका साहित्य र संस्कृति क्षेत्रका हस्तिहरु विद्वत वर्गलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै समय सापेक्षित संस्कृतिको संरक्षण, प्रवद्र्धन, बिकास र निर्माणमा सफलता मिलोस भनि आयोजक प्रतिष्ठान एवं सहभागी सबैलाई शुभकामना दिएका थिए ।

रुकुमकोटका स्रष्ठा हिमशिखर शाहले मुक्तक वाचन, छबिलाल कोपिलाले थारु संस्कृतिबारे सुझाव, सौन्दर्य चिन्तक दिल साहनी र प्रतिष्ठानका सल्लाहकार डा. श्यामप्रसाद न्यौपानेले समग्र कार्यक्रमको चर्चा गरे । अध्यक्ष ऋषि आजादको स्वागत एवं बिषय प्रवेशबाट शुरु भएको कार्यक्रमलाई सचिव पुरुषोक्त पाण्डेयले सहजीकरण गरेका थिए । कार्यक्रमको संस्थाका वरिष्ठ उपाध्यक्ष हरि पोख्रेलले निष्कर्श प्रस्तुत गर्दै समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे