देउखुरीको पहरूवामा कारको ठक्करबाट साइकलयात्री पाैडेल गम्भीर घाइते



देउखुरीको पहरूवामा कारको ठक्करबाट साइकलयात्री पाैडेल गम्भीर घाइते

भालुवाङ ११ जेठ । दाङको देउखुरीमा कारको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ पहरूवा चोकमा शुक्रबार मध्यान्ह १२ बजे पश्चिमबाट पुर्व तर्फ गइरहेको लु ३ च ८२१० नम्बरको कारले सोही दिशा तर्फ गइरहेको साइकलयात्री राप्ती गाउँपालिका-५ सिंगे निवासी ४८ वर्षिय नारायण पाैडेललाई ठक्कर दिदा पाैडेल गम्भीर घाइते भएका हुन् ।

घाइते पाैडेलको सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । बाटो क्रस गरिरहेका बेला साइकलयात्री पाैडेललाई कारले ठक्कर दिएको हुन सक्ने इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । घाइते पाैडेलको टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे