नेत्रहिन संघ दाङको बैठक देउखुरीकाे लमहीमा सम्पन्न



नेत्रहिन संघ दाङको बैठक  देउखुरीकाे लमहीमा सम्पन्न

लमही १२ जेष्ठ । नेत्रहिन संघ दाङ जिल्ला कार्यसमितिको बैठक बिहिवार लमहीको राताडाँढामा सम्पन्न भएको छ । संघका अध्यक्ष गहनलाल चौधरीको अध्यक्षता रं नागरिक समाज दाङका संयोजक एवं संघका सल्लाहकार नीमबहादुर थापाको उपस्थितिमा विभिन्न निणर्यहरु गरेको छ । आफ्नो कार्यालयमा मन्त्री निवास रहेका कारण बिगतदेखिका बैठकहरु देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको कार्यालयमा सम्पन्न हुने गरेका छन् ।

बैठकले संस्था दर्ता गर्दा तुलसीपुरको रक्षाचौर ठेगाना रहने गरी दर्ता गरेको र हाल लमही नपा-५ रातोडाँडामा कार्यालय भवन रहेकोले कार्यालय रहेकै स्थानमा रहने गरी ठेगाना परिवर्तन गरिदिन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने । आन्तरिक सबै प्रक्रिया पूरा गरेर समाज कल्याण परिषद र जिल्ला प्रशासन कार्यालय दाङमा संस्था नविकरण गर्ने । नेत्रहिन संघ दाङका विभिन्न कार्यक्रम र योजनाहरु सम्पन्न गर्नका लागि दाङका सबै स्थानीय तहमा योजना माग गर्ने, दृष्टिबिहिन महिलालाई सिपमूलक तालिम र बालबालिकाहरुलाई सहजरुपमा शिक्षा आर्जन गर्ने वातावरण मिलाइदिन विभिन्न दात्री संस्था र सरकारलाई अनुरोध गर्ने निणर्य गरेको छ ।

त्यसैगरी संघको कार्यालय भवन मिति २०७९ फागुन महिनादेखि प्रदेश मन्त्री निवासको रुपमा प्रयोग भइरहेकोले आपूmहरु आफ्नै कार्यालयबाट बिस्थापित रहेको अवस्थामा सोही अवधिदेखिको पानी र बिजुलीको महसुल नबुझाएको भनि सम्बन्धित कार्यालयबाट ताकेता गरिएकोमा नेत्रहिन संघ दाङको गम्भीर ध्यानाकर्षण भएको छ । अतः आफ्नो निजि कार्यालय विगत डेढवर्षदेखि प्रयोग गर्न नपाइरहेको पीडा त छँदै छ, सम्बन्धित मन्त्रालयले पानी र बिजुलीको महसुल बुझाई थप पीडा नदिन अनुरोध गर्ने निणर्य गरेको छ ।

नेत्रहिन संघ दाङका सचिव प्यूठान जसपुर बड्डाँड माविका आंसिक दृष्टिबिहिन शिक्षक कणर् सिंह पालीको सञ्चालनमा सम्पन्न बैठकमा पूर्व अध्यक्ष एवं मावि रक्षा चौरका दृष्टिबिहिन शिक्षक रामबहादुर खड्का र राप्ती गापा-८ पिपरी निवासी आदर्श मावि देउपुरकी दृष्टिबिहिन शिक्षक रीता चौधरीले राज्यबाट वातावरण मिलाइदिएमा हामी दृष्टिबिहिनहरुले पनि देशका निमित्त योगदान पुर्‍याउन सक्छौ.भन्दै आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे