LISTEN LIVE RADIO

मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्का सहित चार जना विरुद्ध भ्रष्टाचारको मुद्दा



मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्का सहित चार जना विरुद्ध भ्रष्टाचारको मुद्दा

तुलसीपुर २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी, मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका क्रममा स्थलगत सर्जमिन गर्ने काम अड्काएर सेवाग्राहीलाई घुस दिन बाध्य पारेको आरोप पत्रमा उल्लेख छ ।

चारै जनाको आपसी मिलोमतोमा कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि हुन आएकोले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे