LISTEN LIVE RADIO

किसानको खेत—खेतमा गढवा गाउँपालिकाको अनुगमन



किसानको खेत—खेतमा गढवा गाउँपालिकाको अनुगमन

शिबराज पन्थी, गढवा २ पुस ।

बिहिवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, उपाधयक्ष शान्ति चौधरी, प्रशासनशाखा प्रमुख पुनाराम शर्मा, कृषि तथा पशुसेवा शाखाका प्रमुखहरु सहितको एक टोली किसानहरुको खेत–बारीमा तरकारी खेती अबलोकनमा ब्यस्त रहयो । स्वान नेपालको पहलमा तरकारी खेती गरेका गढवा गाउँपालिका वडानं. ४ र ५ का किसानहरुको खेत बारीमा गाउँपालिकाले अनुगमन गरेको हो ।

गढवा—५ धर्मपुर र गढवा—४ पर्सामा आइएम स्विडिस डेभलपमेण्ट पार्टनरको सहयोगमा स्वान नेपालद्धारा संचालित महिला तथा पिछडिएका बर्गको आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकार प्रबर्धन कार्यक्रम अन्तर्गत सामुहिक तरकारी खेति तथा ढकिया बुनाई तालिमको संयुक्त अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा गढवा ५ धर्मपुरमा २२ कठ्ठा जग्गा लिजमा लिएर सृजनशिल कृषक समुहका ५ जना किसानहरुले सामुहिक आलुखेती गरेको र गढवा ४ को पर्सामा ५ जना किसानहरुद्धारा करिब २६ कठ्ठा जग्गामा सामुहिक गोभी तथा आलुखेति गरेको पाइएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । तरकारी खेतिका लागि स्वान नेपालले किसानहरुलाई प्रोत्साहित गरेकोमा प्रशंसा बयक्त गर्दै गाउँपालिकाको तर्फबाट आगामी दिनमा माग भै आएमा आबश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

स्वान नेपालले किसानहरुलाई तरकारी खेति प्रबर्धनका लागि जग्गा लिजको भाडा,टनेल निर्माण, बिऊ बिजन, स्प्रे टैंकी र थोपा सिंचाईका लागि सहयोग गरेको कार्यक्रम संयोजक बिष्णु भुसालले बताए । उनका अनुसार पटकक पटक गरि झण्डै ५ लाख ८० हजार लगानी गरेको बताए । स्वान संस्थाले राप्ती गाउापालिकाका बिभिन्न क्षेत्रहरुमा पनि किसानहरुलाई तरकारी खेति प्रबर्धनका कार्यक्रम संचालन गरेको उनले बताए ।

अनुगमन टोलीमा गढवा गाउँपालिकाका अध्यक्ष सहितको टोली र स्वान नेपालका अध्यक्ष कृष्ण चौधरी, उपाध्यक्ष गंगा चौधरी, कार्यक्रम संयोजक बिष्णु भुसाल, जेटिए बबिता चौधरी र सामाजिक परिचालक सोनु चौधरी लगायतको टोली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे