LISTEN LIVE RADIO

दुलही झै सिंगारीयो ‘देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम’



दुलही झै सिंगारीयो ‘देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम’

दाङ  १ पुस । मैदान भित्र रहेका फोहोर, कसिंगर र सिसौको बोट विरुवा फालिएको छ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता दाङको देउखुरी अन्तर्राष्ट्रिय स्टेडियम लमहीमा हुने भएपछि मैदानलाई दुलही जस्तैः सिंगारीएको हो ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता देउखुरी अन्तर्राष्ट्रिय स्टेडिम लमहीमा हुने भएपछि मैदान सरसफाइ गर्न थालिएको हो । यसभन्दा केही दिन अगाडि मैदान भित्र सिसौका बोटविरुवाहरु मात्रै देखिन्थ्यो, जस्ले गर्दा मैदान सिसौ बगरम परिणत भएको थियो ।

तर अहिले मैदान भित्र ग्रास कटिङ्, पिच मर्मत, आउट फिल्डमा माटो फिलिङ्ग, रोलिङ् र पानी सिचाइको काम भइरहेको देउखुरी क्रिकेट क्लवका सदस्य प्रेमप्रसाद पुलामीले जानकारी दिए  । सदस्य पुलामीका अनुसार पुसको पहिलो हप्ताभित्र मैदानमा जुनसुकै प्रतियोगिता खेलाउन सकिने छ ।

मैदान भित्र रहेको इण्डोर क्रिकेट अभ्यास हलमा तिनवटा अभ्यास खेल खेल्न सकिनुका साथै नेट प्यास्टिकको लागि दुईवटा पिच तयारी अवस्थामा छन् भने दर्शकको लागि सार्वजनिक शौचालय र खेलाडीहरुको लागि छुट्टै शौचालय रहेको छ । प्रतियोगिताको लागि चारवटा साइड स्कृन बोर्ड तयारी अवस्थामा रहेको छ भने खेलाडीलाई आवश्यक पर्ने दुईवटा ड्रेसिङ्ग रूम बनिबनाउ अवस्थामा रहेको उनकाे भनाइ  छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे