दाङमा स्कुल–स्कुल पुग्दै नेपाल प्रहरी, विद्यार्थीका मोटरसाईकलको निगरानी



दाङमा स्कुल–स्कुल पुग्दै नेपाल प्रहरी, विद्यार्थीका मोटरसाईकलको निगरानी

तुलसीपुर १ पुस । गएको हप्ता दाङमा तीन जना विद्यार्थीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि दाङ प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्रत्येक विद्यालयमा गएर सचेतना फैलाउनुकासाथै क्याम्पसमै पुगेर विद्यार्थीका सवारीमा समेत निगरानी बढाएको छ ।

विद्यार्थीहरुले अहिले पनि सवारी चालक अनुमति पत्र विनै सवारी चलाएको पाईएकाले बिभिन्न विद्याथलयका ६ जना विद्यार्थीको सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले तिब्र गतिमा सवारी चलाउने, लापरवाही तथा सवारी साधनको नियम पालना गर्ने भन्दै मंसिर ३० गतेदेखि सुरु भएको यो अभियान जारी छ ।

विद्यालय तथा कलेजमा पुगेर पहिरो चरणमा सवारी चालक अनुमती पत्र नलिई सवारी साधन नचाउन विद्यार्थीहरुलाई अनुरोध गर्ने, विद्यालय, कलेजहरुमा ट्राफिक सचेतना अभियान संचालन गर्ने गरिएको छ । साथै दोस्रो चरणमा सवारी चालक अनुमती नलिई चलाउने विद्यार्थीहरुको सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाही गरी अभिभावकलाई जिम्मा लगाउने उनले बताए।

उनका अनुसार जिल्लाका तुलसीपुर, घोराही, लमही, खिलतपुरलगायतका विद्यालयहरुमा अभियान सञ्चालन गरिएको छ । त्यस्तै जिल्लामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम पालना नगर्ने सम्पूर्ण चालकहरुलाई कारबाहीको दायरामा ल्याउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे