LISTEN LIVE RADIO

तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको यात्रुबाहक बसमा आगलागी



तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको यात्रुबाहक बसमा आगलागी

तुलसीपुर २९ मंसिर । दाङमा गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५र१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे