LISTEN LIVE RADIO

देउखुरीको अमिलिया स्थित राप्ती नदी किनारमा भेटियो अनौठो ढुंगा



देउखुरीको अमिलिया स्थित राप्ती नदी किनारमा भेटियो अनौठो ढुंगा

देउखुरी २८ मंसिर । देउखुरीको लमही नगरपालिका वडा नं. ९ अमिलिया गौताल स्थित राप्ती नदीको किनारमा अनौठो ढुङ्गा भेटिएको छ । झन्डै डेढ मिटर लम्बाई रहेको उक्त ढुङ्गामा नाग, भगवान गणेश, त्रिशूल, शंख लगायतको आकृती देख्न सकिन्छ । स्थानीय दामोदर खड्काले गोठालो गएको समयमा उक्त ढुंगा देखेपछि सबैलाई जानकारी गराएपछि सबैजनाले हेर्दा त्यस्तो भेटिएको हो ।

मावि अमिलियाका प्रधानाध्यापक गोपाल न्यौपानेका अनुसार त्यहीनेर अर्को सानो ढुंगामा थोरै मात्रामा देखिन्छ । डेढ मिटर लाम्चो आकारको ढुंगामा धेरै प्रकारका आकृती देखिए पछि अहिले त्यस स्थानमा हेर्न जाने र पुजापाठ गर्ने मानिसको भीड लाग्ने गरेको छ । तिब्बतीहरु आएर केही समय बसेका कारण तिब्बती भाषामा केही लेखिएको हुन सक्ने प्रधानाध्यापक न्यौपानेको भनाई छ ।

स्थानीय पत्रकार श्रीराम दहितका अनुसार अञ्दाजी एक सय वर्ष अघि तिब्बतीहरु सैयौको संख्यामा आएर ६ महिना सोही स्थानमा बसेका थिए । ती मध्ये ५० जना तिब्बतीहरू नेपालको हावापानी नमिल्दा बिरामी भएर मरेका थिए ।

अनौठो प्रकारको ढुङ्गा भेटिए पछि यो ढुङ्गामा देखिएका विभिन्न आकृतीहरु के हुन भनेर पहिचान गर्नका लागि पुरातत्व बिभागसंग समन्वय गरिने लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीले बताए । साथै उक्त ढुंगालाई इलाका प्रहरी कार्यालय अमिलियामा सुरक्षाका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे