LISTEN LIVE RADIO

नेपाली कांग्रेस दाङले आज सरकार विरुद्ध विरोधसभा गदै



नेपाली कांग्रेस दाङले आज सरकार विरुद्ध विरोधसभा गदै

तुलसीपुर, २९ मंसीर । नेपाली कांग्रेस दाङले आज सरकार विरुद्ध विरोध सभा गदैछ । राष्ट्रव्यापी कार्यक्रम अनुसार दाङमा पनि सरकार विरुद्ध विरोध सभा कार्यक्रमको आयोजना गरिएको जिल्ला सभापति कृति बहादुर खड्काले जानकारी दिएका छन् । जिल्ला पाटी कार्यालय घोराहीबाट विरोध सभा ¥यालीको आयोजना गरिने हुदा उक्त ¥यालीमा सहभागी भईदिन पाटीका कार्यकर्ता, नेता, भातृसंघ संगठन र शुभेच्छुक लगाएत सवैमा उनले अपिल गरेका छन् ।

स्तैगरी नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले सबैमा आह्वान गरेको छ । कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सरकारको कांग्रेस दाङको आयोजनामा घोराहीमा सोमबार हुने विरोध पर्दशन कार्यक्रममा सहभागिताको लागि सबैमा आह्वान गरेका छन् । नेपाली काँग्रेसले बर्तमान सरकारको प्रवृति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामाग्रीमा अनियमितता, चर्को मुल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासनको विरुद्धमा पर्दशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे