प्युठानको बड्डाँडामा ४२ औं मगर एकता दिवस : भाषा संरक्षणमा ध्यान दिन आग्रह



प्युठानको बड्डाँडामा ४२ औं मगर एकता दिवस : भाषा संरक्षणमा ध्यान दिन आग्रह

प्युठान १५ फागुन । नेपाल मगर संघ सरूमारानी गाउँपालिका प्युठानले सरूमारानी गाउँपालिकाको सहयोगमा ४२ औं मगर एकता दिवस कार्यक्रम मंगलबार सरूमारानी गाउँपालिका वडा नम्बर ४ बड्डडाँडा प्युठानमा मनाएको छ ।

संघका अध्यक्ष देवीराम रेश्मी मगरको अध्यक्षता एवम् सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्वकर्माले मगरखाम भाषा संरक्षणका लागि पालिकाको ३ वटा विद्यालयबाट मगरखाम भाषाको पढाइ सुरू गरेको बताएका छन् । अध्यक्ष विश्वकर्माले मगर समुदायलाई आफ्नो कला, संस्कार, संस्कृति तथा भाषा संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् । त्यस्तै उनले आफ्ना बाल बच्चालाई भाषा सिकाउन अभिभावकलाई पनि ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार डा. भोजविक्रम राना मगर, सरूमारानी गाउँपालिकाका प्रवक्ता चिन्तामणी सोमै मगर, आर्थिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाई, नेपाल मगर संघ जिल्ला कार्यसमिति प्युठानका सदस्य बालाराम सोमै मगर, सरस्वती मावि बाङ्गेसालका प्रधानाध्यापक भक्तबहादुर मस्याङदी मगर, देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गराैजा र गायिका तथा डान्सर सुनिता बुढा मगर लगायतका कलाकारहरूले आ-आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने स्थानीय कलाकारहरूले पनि विभिन्न किसिमका साँस्कृतिक प्रस्तुति राखेका थिए । मगर अगुवा टिकाराम पल्ली मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका सचिव किसान सारूमगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे