घण्टदेब सामुदायिक वनको निर्वाचनमा दुर्योधन पाण्डेको पुरै प्यानल विजय



घण्टदेब सामुदायिक वनको निर्वाचनमा दुर्योधन पाण्डेको पुरै प्यानल विजय

भालुवाङ १५ फागुन । दाङ- देउखुरीको राप्ती गाउँपालिका- ३, मसुरिया स्थित घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको सोमबार भएको निर्वाचनमा दुर्योधन पाण्डेको पुरै प्यानल विजय भएको भएकाे छ ।

अध्यक्ष पदका उम्मेदवार पाण्डेले प्रतिद्वन्द्वी हरिप्रसाद भुसाललाई ९५ मतान्तरले दुर्याेधन पाण्डे विजय भएका छन् । पाण्डेले ४६५ मत ल्याउदा भुसालले ३७० मत ल्याएका छन् । त्यसै गरि उपाध्यक्षमा भुसाल जगबहादुर चाैधरीले ३१५ मत ल्याउँदा पाण्डे प्यानलका उपाध्यक्ष टेकबहादुर गिरी ५०६ मत ल्याएर विजय भएका छन् । भुसाल प्यानलका सचिवमा संगिता चाैधरी ३३८ मत ल्याउँदा सुधाकुमारी शाहीले ४७४ ल्याएर विजय भएका छन् । भने कोषाध्यक्ष पदमा पनि भुसाल प्यानलका बाबुराम गैरेले ३६५ मत ल्याउँदा भानबहादुर घर्तीले ४६० मत ल्याएर विजय भएका छन् ।

त्यसै गरि सदस्यहरूमा पनि पाण्डे प्यानलका दमन्ती थापामगर ४६७, खुमीसरा रोका ४५५, बिन्दु परियार ४५६, राजकुमारी घर्तीमगर ४५८, गोमती पुनमगर ४५४, उब्जलाल पुन ४६०, सन्तोष भण्डारी ४६४, मिल्कु चौधरी ४५२ र गुरुदेब चौधरी ४५५ मत ल्याएर विजय भएका छन् ।

कुल १ हजार १ सय ७७ मतदाता रहेकोमा कुल ८ सय ७६ मत खसेकाे थियो । भने ५ मत बदर भएको थियो ।
पाण्डे नेतृत्वको साझा प्यानललाई नेपाली काँग्रेसको आर्को पक्ष सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) को समर्थन रहेको थियो । अध्यक्ष भुसाल नेतृत्वको संयुक्त प्यानललाई नेपाली काँग्रेसको एक पक्ष सहित नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । भुसाल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने पाण्डे काँग्रेसका लुम्बिनी प्रदेश समिती सदस्य हुन् । गत फागुन ५ गते शनिबार भएको १७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचनमा भएको थियो ।

वन समूहको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेतादोय हरिप्रसाद भुसाल र दुर्योधन पाण्डेले आ-आफ्नो अडान नछोडेपछि निर्वाचनमा गएको निर्वाचन उप-समिती गठन गरेर प्रक्रिय अगाडी बढाइएको थियो । सभाको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि वन समूहको विधान अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ की वडा सदस्य चम्फा भुसालको संयोजकत्वमा निर्वाचन उप-समिती गठन गरेको थियो । जसको सदस्यहरुमा सव-डिभिजन वन कार्यालय राप्तीका प्रमुख विनोदकुमार शाह, नर्ती समन्वय समितीका प्रतिनिधि ओमप्रकाश बिक, शान्ति सावउसका प्रतिनिधि जिवराज वली र उपभोक्ता लक्ष्मण आचार्य रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे