कृत्रिम खुट्टाले सगरमाथाको सफल आरोहण गर्ने हरि बुढालाई गोरखा आइडियल स्कुलद्वारा भव्य स्वागत



कृत्रिम खुट्टाले सगरमाथाको सफल आरोहण गर्ने हरि बुढालाई गोरखा आइडियल स्कुलद्वारा भव्य स्वागत

भालुवाङ १५ फागुन । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढालाई गोरखा आइडियल स्कुलले भव्य स्वागत तथा सम्मान गरेको छ ।

अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छन् भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राखेका थवाङ गाउँपालिका -३ रोल्पा निवासी बुढा मगरलाई दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको सो विद्यालयका प्रिन्सिपल वसन्त पुन सहित शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूले फूलमाला र टीका लगाएर स्वागत तथा सम्मान गरेका हुन् । सगरमाथा आरोही बुढामगरले सम्मानले आफुलाई अझै साहसिक कार्य गर्ने प्रोत्साहन मिलेको बताउँदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने बताए ।

अपांगता भएको ब्यक्तीले पनि सबलाङ्ग सरह काम गर्न सक्छ भन्ने सन्देश दिन पनि आफुले साहसिक कार्यमा हात हालेको उनको भनाई छ । उनले बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको पनि जानकारी दिए । उनी बिर्टिस सेनामा सेवारत रहदा अफगानिस्थान युद्धमा घाइते भएका थिए । दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाएका बुढा मगर २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१० मा अफगानिस्तानमा एम्बुस विष्फोटमा परी दुवै गोडा गुमाएका उनी सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे