LISTEN LIVE RADIO

दाङमा ड्युटीमा रहेकी महिला प्रहरीकाे आफ्नै श्रीमानद्वारा गाेली हानी हत्या



दाङमा ड्युटीमा रहेकी महिला प्रहरीकाे आफ्नै श्रीमानद्वारा गाेली हानी हत्या

दाङ ३ फागुन । दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन् । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले सेतोपाटीलाई बताए । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ । केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए। हत्यापछि उनी आफैं प्रहरीकहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे