LISTEN LIVE RADIO

माओवादी राप्तीद्वारा जनयुद्ध दिवसका अवसरमा खुल्ला फुटबल प्रतियोगिता सुरू



माओवादी राप्तीद्वारा जनयुद्ध दिवसका अवसरमा खुल्ला फुटबल प्रतियोगिता सुरू

भालुवाङ १ फागुन । २९ औं जनयुद्ध दिवसको अवसरमा मंगलबार दाङको राप्ती गाउँपालिका-२ लालमटिया टुडिखेलमा शुभकामना आदानप्रदान तथा प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता शुरु गरेकाे छ ।नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजनामा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा फुटबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा मगर र पार्टीका जिल्ला सचिवालय सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रूपमा उद्घाटन गरेका छन् । शुभकामना आदानप्रदान तथा खेल उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुद राष्ट्रको गहना भएकोले खेलाडीहरूलाई खेलकुद तर्फ प्रोत्साहन गर्न जरूरी रहेको बताएका थिए ।

त्यस्तै वक्ताहरूले गणतन्त्र स्थापनाका लागि साहादत शहिदहरूको स्मरण समेत गरेका थिए । पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य श्यामेश चाैधरी, एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारी, राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवर मगर लगायतको विशेष उपस्थिति रहेको थियो । पार्टीका उपाध्यक्ष तुला गिरीको स्वागतबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव बसन्त नेपालीले गरेका थिए ।

१३ वटा टिमले भाग लिएको प्रतियोगितामा पहिलो खेल माैरीघाट र जुराैनी त्यसै गरि दोस्रो खेल एकता नगर लालमटिया र धैरेनी बीच भएको छ । खेल फागुन ३ गते सम्म सञ्चालन हुने छ । विजेताहरू मध्ये प्रथम हुनेलाई नगद २० हजार, प्रमाणपत्र र मेडल त्यसै गरि दोस्रो हुनेलाई नगद १२ हजार, प्रमाणपत्र र मेडल पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे