LISTEN LIVE RADIO

लमही- घोराही सडक खण्डको कुलमोहरमा बस दुर्घटना: सवै यात्रु सकुशल



लमही- घोराही सडक खण्डको कुलमोहरमा बस दुर्घटना: सवै यात्रु सकुशल

लमही २६ माघ ।  दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बिहिवार राती ९ बजेको समयमा दाङको तुलसीपुर देखि काठमाडौं जादै गरेको रा १ ख ३१३२ नम्बरको यात्रुबाहक बस लमही नगरपालिका वडा नम्बर ६ कुलमाेहर नजिकै दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा कुनै मानवीय क्षेत्री भएको छैन् ।

बसमा सवार ३६ जना यात्रुहरू रहेका थिए । उनीहरू सवै सकुशल रहेका छन् । बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले बताएको छ । उद्दारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखाेलाबाट सशस्त्र प्रहरी, अस्थायी ट्राफिक पाेष्ट लमही र वडा प्रहरी कार्यालय लमहीबाट नेपाल प्रहरी घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे