LISTEN LIVE RADIO

तुलसीपुरमा जारी महायज्ञ सकियो तर दान रोकिएन, आज टार्गेट कुसारीद्वारा एक लाख बढी दान प्रदान



तुलसीपुरमा जारी महायज्ञ सकियो तर दान रोकिएन, आज टार्गेट कुसारीद्वारा एक लाख बढी दान प्रदान

तुलसीपुर २० माघ । मानव सेवा आश्रम निर्माणार्थ दाङको तुलसीपुरमा भएको माहायज्ञ सकिए पनि दान दिने कार्य भने जारी रहेको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ नामाकरणका साथ माघ १३ गतेदेखि सुरु भएको माहायज्ञ २० गते सकिएको हो ।

महायज्ञ सकिए पनि सोमवार (आज) सम्म पनि दाताहरुले दान दिईरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नतले जानकारी दिएका छन् । सोमवार (आज ) सबैभन्दा बढी तुलसीपुर उप-महानगरपालिका-१३, बखरिया घर भई हाल टेकेसास अमेरिका बस्दै आएका टार्गेट कुसारीले दान गरेको संयोजक बस्नेतले जानकारी दिए ।

कुसारीले स्वर्गीय जिजु बुवा धन्जे कुसारी, जिजु आम गम्भिरी कुसारी, स्वर्गीय सानीआमा पुर्णिमा बस्नेत कुसारीको पूण्य स्मृति तथा हजुरबुवा रनविर कुसारी र हजुर आमा मोती कुसारीको सम्मानमा नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेको मुल समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी दिए ।

त्यसैगरी पुरान सकिएपछि पनि तुलसिपुर-५, का तुलसीराम सुनारले २५ हजार १ सय ५ रुपैयाँ, तुलसीपुर-६, का मोहन लम्सालले १५ हजार १ रुपैयाँ, तुलसीपुर-५, का दिपन्द्रकुमार श्रेष्ठले ४९ हजार ६ सय, घोराहीका गंगाराम पोख्रेलले २ हजार पाँच सय ५५, नव दुर्गा सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर ८ र ९ ले १५ हजार १ सय र तुलसीपुरकी निमा वली थापाले १५ हजार पाँच रुपैया दान गर्नु भएको आर्थिक संयोजक ध्रुव गौतमले जानकारी दिए । यसैबीच महायज्ञस्थलमा राखिएका दान पेटिकामा करिव साँढे ४ लाख रुपैया दान प्राप्त भएको छ ।

महायज्ञ स्थलमा राखिएका ८ वटा दानपेटीकामा दाताहरुले ४ लाख ४२ हजार २ सय ३३ रुपैया योगदान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिइन् । सोमबार बिहान गणना गरी सम्पन्न भएका दानपेटीकामा एक ब्यक्तिले ५ हजार ५ सय ५५ रुपैया सम्म राखेको पाइएको गिरीले जानकारी दिइन् ।  सोमवार नै दान पेटिकाको दान रकम गणना गरिएकाे थियाे । मानवसेवा आश्रमको कार्यालयमै दान पेटिकाको रकम गणना गरिएको थियाे ।

दानपेटीकाको ४ लाख ४२ हजार २ सय ३३ रुपैयाँ र ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया गरी ५ करोड १३ लाख ५८ हजार ६ सय २६ रुपैयाँ नगद र प्रतिबद्धता समेत गरी कुल संकलन भएको हो । महायज्ञबाट ५ करोड रकम संकलन गर्ने र आगामी दुई बर्ष भित्र मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे