LISTEN LIVE RADIO

दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु



दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

दाङ २२ माघ । दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो ।

सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन नक्सा पाश प्रणालीले फाइल राख्न र खोज्न हुने झन्झट र समयको बचत हुने बताइएको छ ।

यश प्रणाली सुरुवात संगै जग्गा नापजाँच वडाबाटै सम्बन्धीत वडाको अमिनबाट हुने छ भने सर्जिमिन मुचुल्का साधियार हस्ताक्षर १५ दिने सुचना सम्पूर्ण वडाबाट हुने र प्रमाणपत्र लिन मात्रै नगरपालिका आउनुपर्ने हुन्छ भने राजस्व समेत सम्बन्धित वडाबाट नै तिर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे