LISTEN LIVE RADIO

जनता मावि गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न, माओवादी सहितको प्यानल विजयी



जनता मावि गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न, माओवादी सहितको प्यानल विजयी

गढवा २० माघ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

शनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित भएका छन् । भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारहरु भारी मतान्तरले पराजित भएका छन् ।

माओवादी सहितका साझा उम्मेदवारहरु गणेश कुमाल (परेवा) ४ सय २९ मत, छुकनीया चौधरी (हवाईजहाज)४ सय ०२ मत, हिमा परियार (पंखा) ३ सय ९९ मत र टिका राम चौधरी (साईकल)३ सय ९८ मप प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिएका छन्।

त्यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदवार गोपाल प्रसाद पाण्डेय (घडी) १ सय ४४ मत, निता चौधरी (खरायो) १ सय ३७ मत, हरिराज चौधरी (कैची) १ सय ३५ मत र देवका नेपाली (फुटबल) १ सय ३८ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरी जानकारी गराएको छ।

कुल ८ सय ७४ मतदाता रहेको सो निर्वाचनमा ५ सय ९२ मत खसेको थियो। भने १९ मत बदर भएको हो। बिहान ८ बजे बाट मतगणना सुरु भई ३ बजे सम्पन्न भएको थियो । करिव ४ बजेबाट मतगणनाको कार्य सुरु भई ७ बजे मतगणनाको अन्तिम मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे