नेपाली काङ्ग्रेसले मंसिर २९ गते दाङमा बृहत प्रदर्शन



नेपाली काङ्ग्रेसले मंसिर २९ गते दाङमा बृहत प्रदर्शन

दाङ २७ मंसिर  । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले मंसिर २९ गते देशव्यापी बृहत प्रदर्शन गर्नेभएको छ । काङ्ग्रेसले तय गरेको प्रदर्शनको तयारी ७७ वटै जिल्लामा व्यापक रुपमा भइरहेको छ । दाङ काङ्ग्रेस पनि विरोध ¥याली तथा बृहत प्रदर्शनको तयारीमा जुटेको छ ।
‘मंसिर २९ गते घोराही जाऔँ, बृहत विरोध ¥याली तथा सभामा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ दाङ काङ्ग्रेसले सडकमा शक्ति प्रदर्शन गर्न थालेको छ ।्

सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड १९ को नियन्त्रणमा असफलता, वास्थ्य सामग्रीमा अनिमियतता, राज्य आतङ्क, चर्को मूल्य बृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर बृद्धि तथा कुशासनको विरुद्धमा विरोध ¥याली हुने दाङ काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले भद्र प्रतिपक्षीको रुपमा रहेर पटकपटक सरकारलाई उसका गतिविधि तथा कार्यशैलीप्रति खबरदारी तथा सजग बनाएको भए पनि सरकारले वास्ता नगरेका कारण अब जनताका सामु प्रतिपक्षको भूमिका प्रदर्शन गर्नुपर्ने आवश्यकता भएको कनिका खबरसँगको संवादमा नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए । उनले थपे, ‘ काङ्ग्रेसले प्रतिपक्षका रुपमा रहेर सरकारलाई उसका गतिविधि सजगता गराउँदै आए पनि सरकारले काङ्ग्रेसले उठाउँदै आएका कुरालाई मिच्दै जाने प्रवृतिको हावी हुँदै आएको छ । देशमा व्याप्त मूल्य वृद्धि, भ्रष्टाचार, अनिमियतता राज्य आतङ्क जस्ता प्रवृतिलाई सरकारले पोषण गर्दै आएको सर्वविदितै छ । सरकारको यो ज्यादतिको विरुद्धमा नै काङ्ग्रेसको प्रदर्शन हो ।’

त्यस्तै जिल्ला सचिव शंकर डाँगीले कनिका खबरसँगको संवादमा भने, ‘सरकारको अधिनायकवादले उग्ररुप लिन थालेको छ, सरकार लोकतन्त्रमाथिको आक्रमणमा उद्दत हुँदै गएका कारण देशव्यापी प्रर्दशनको आवश्यकता महसुस भएको हो, लोकतन्त्रको संरक्षणका लागि अब सरकारको विरोध आवश्यक भइसकेको छ ।’ उनले थपे, ‘लोकतन्त्रका लागि लडिरहेका अथक योद्धा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार गरेर सरकारले काङ्ग्रेसको शक्ति मापन गर्न खोजेको छ । सरकारले काङ्ग्रेसलाई चुनौति दिएको छ । लोकतन्त्रमाथि चुनौतिको धावा बोलेर सरकारले काङ्ग्रेससँग शक्ति टकरावको शैली मात्र देखाएको छैन आफ्नो ज्यादति र अधिनायकवादको नाङ्गो नृत्य समेत प्रदर्शन गरेको छ । देशव्यापी रुपमा काङ्ग्रेसले यसको जवाफ मंसिर २९ गते दिनेछ ।’
देशव्यापी बृहत प्रदर्शनका लागि दाङ काङ्ग्रेसले सहभागिका लागि सबैमा अपील समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे