LISTEN LIVE RADIO

वन महासंघद्धारा जाजरकोट र रुकुम पश्चिमका अतिभुकम्प पिडितलाई ३० लाख बराबरको राहत प्रदान



वन महासंघद्धारा जाजरकोट र रुकुम पश्चिमका अतिभुकम्प पिडितलाई ३० लाख बराबरको राहत प्रदान

दाङ २५ पुस । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रिय समितीले अति भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अति पिडित नागरिकहरुलाई राहत प्रदान गरेको छ । आरआरआईको सहयोगमा वन महासंघले अति भुकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको नलगाढ नगरपालिका र छेठगाँठ नगरपालिकाका तथा रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिकाका अति भुकम्प पिडित, आदीबासी, जनजाति, दलित सुमदायका नागरिकहरुलाई राहत बितरण गरेको हो ।

अत्याधिक चिसोका कारण भुकम्प पिडितहरुले ज्यान गुमाउन थालेको भन्दै चिसोबाट बचाउन वन महासंघले उक्त अति प्रभावितक्षेत्रमा पुगेर पिडित कै हातमा न्यानो कपडा बितरण गरेको वन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए । जाजरकोट जिल्लाको नलगाढ नगरपालिका र छेठगाँठ नगरपालिकामा १८ लाख तथा रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिकामा १२ लाख गरी कुल ३० बराबरको न्यानो कपडा बितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

वन महासंघले चिसोबाट बच्न न्यानो कपडा स्वरुपमा ब्लान्केट, धोती, पछ्योरी, सुइटर, बच्चाका कपडाहरु बितरण गरिएको अध्यक्ष भण्डारीले बताए । चिसो मौसममा तातो कपडा पाएपछि भुकम्प पिडितहरु हर्षित भएका छन् । उनीहरुले सरकारले दिन नसकेको राहत वन महासंघले दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

सामुदायिक वन महासंघले वन संरक्षण, वन वातावरणका बिषयमा मात्र नभई सामाजिक उत्तरदायित्व सहितका सामाजिक काम समेत गर्दै आएको छ । जहाँ पिडा त्यहाँ वन महासंघ भन्ने मुलनाराका साथ वन महासंघले देशभरका पिडित नागरिकहरुका लागि विभिन्न क्षेत्रमा राज्यलाई दबाब दिने देखि सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको अध्यक्ष भण्डारीले बताए ।

महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीको नेतृत्वमा गएको राहत बितरण कार्यक्रममा महासंघ कै केन्द्रिय सचिव डिल्ली गिरी, केन्द्रिय कोषाध्यक्ष शान्ता न्यौपाने र वन महासंघ कर्णाली प्रदेशका अध्यक्ष अनिल अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे