LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २६ गते देखि सुरू हुँदै



राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २६ गते देखि सुरू हुँदै

भालुवाङ २४ पुस । राप्ती गाउँपालिका दाङको दाेस्राे गाउँसभाको चाैथाे अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २६ गते देखि सुरु हुने भएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठककाे निर्णय अनुसार पुस २६ गते बिहान ९ बजे अधिवेशनको मिति तय गरिएकाे हाे । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिएका छन् । मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चाैधरीले जानकारी दिएका छन् ।

गाउँकार्यपालिकाको बैठकमा गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे