LISTEN LIVE RADIO

राष्ट्रियसभा सदस्य पदको निर्वाचन : लुम्बिनीबाट ७ जनाको उम्मेदवारी दर्ता



राष्ट्रियसभा सदस्य पदको निर्वाचन : लुम्बिनीबाट ७ जनाको उम्मेदवारी दर्ता

दाङ २४ पुस । राष्ट्रियसभा सदस्य पदको निर्वाचनकालागि लुम्बिनीबाट ७ जनाको उम्मेदवारी परेको छ ।

दुई जना पदकालागि सत्ता गठबन्धनबाट २, प्रतिपक्ष एमालेबाट २, राप्रपाबाट २ र जनमत पार्टीबाट १ जनाको उम्मेदवारी परेको हो । संत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटाले मनोनयपत्र दर्ता गरेकी छन् ।

मुसिकोट नगरपालिका ७ गुल्मी निवासी सापकोटाले बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रस्तावक र दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको सर्मथकमा उम्मेदवारी दर्ता गरेकी हुन् । त्यस्तै गठबन्धकै तर्फबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । सुनिल स्मृति गाउँपालिका ६ रोल्पाका सुवेदीले लुम्बिनी प्रदेश सभा सदस्यहरु मिना बुढामगरको प्रस्तावक र दिलकुमारी बुढाको समर्थकमा मनोनयपत्र दर्ता गरेका हुन् । लुम्बिनीमा एक माओवादी केन्द्र र एक पद काँग्रेसले लिने गरि सहमति भए बमोजिम उम्मेदवारी परेको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीले मनोनयपत्र दर्ता गराएका छन् । तानसेन नगरपालिका ८ पाल्पाका क्षेत्रीले लुम्बिनी प्रदेश सभा सदस्यहरु गिरिधारीलाल न्यौपाने प्रस्तावक र तुलसीप्रसाद चौधरीको समर्थनमा उम्मेदवारी दिएका हुन् । त्यस्तै घोराही उपमहानगरपालिका ९ दाङकी तुलसाकुमारी केसीले पनि एमालेको तर्फबाट मनोनयनपत्र दर्ता गरेकी छन् । घोराही उमहानरपालिका प्रमुख नरुलाल चौधरीको प्रस्तावक र लुम्बिनी प्रदेशसभा सदस्य सिता शर्माको समर्थनमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महिला उम्मेदवार विजया लक्ष्मी सिहं र अन्यको तर्फबाट सोही पार्टीका निरन्जन कुमार थापाले मनोनयपत्र गराएका छन् । जनमत पार्टीको तर्फबाट बालगोविन्द चौधरीले उम्मेदवारी दिनु भएको छ । यद्यपी जनमत पार्टी भने लुम्बिनी प्रदेशको सत्ता साझेदार दलका रुपमा छ ।

लुम्बिनी प्रदेशसभा सदस्य ८७ जना, प्रदेशमा रहेका १०९ स्थानीय तहका २ सय १८ जना गरी कुल ३ सय ५ जना मतदाता रहेको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए । प्रदेशको मतभार ४ हजार ६ सय ११ स्थानीय तह४ हजार १ सय ४२ गरी जम्मा लुम्बिनीमा ८ हजार ५ सय ५३ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे