LISTEN LIVE RADIO

सामुदायिक वन महासंघ तानसेन नगरको पहिलो घुम्ती बैठक वार्ड नम्बर १४ को अर्गलीमा सम्पन्न



सामुदायिक वन महासंघ तानसेन नगरको पहिलो घुम्ती बैठक वार्ड नम्बर १४ को अर्गलीमा सम्पन्न

दाङ १३ पुस । पाल्पाको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तानसेन नगर समितीको पहिलो घुम्ती तथा तेस्रो नियमित बैठक तानसेन नगरपालिका वार्ड नम्बर १४ को अर्गलीमा सम्पन्न भएको छ । महासंघ तानसेन नगर समिती अध्यक्ष भवानी गौतमको अध्यक्षता एवम् तानसेन नगरपालिका वडा नं.१४ का वडा अध्यक्ष शोभाखर भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकले तानसेन नगरपालिका वार्ड नम्बर १४ मा रहेका दश वटा सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नबिकरण गर्ने निणर्य गरेको छ ।

यसरी नबिकरण हुने सामुदायिक वन समूहहरुमा सानठूङ सामुदायिक वन उपभोक्ता समूह, कुसेनी सामुदायिक वन उपभोक्ता समूह, रनुवा सामुदायिक वन उपभोक्ता समूह, ठलागैरा सामुदायिक वन उपभोक्ता समूह, खकर्‍यन सामुदायिक वन उपभोक्ता समूह, ढुसनी सामुदायिक वन उपभोक्ता समूह, रैनीदमार सामुदायिक वन उपभोक्ता समूह, कुडापानी सामुदायिक वन उपभोक्ता समूह, लेबासे देउराली सामुदायिक वन उपभोक्ता समूह र भुल्केचिदी सामुदायिक वन उपभोक्ता समूहले २०८१ साल सम्मको सदस्यता नबिकरण गरिएको महासंघ तानसेन नगर समिती अध्यक्ष भवौनी गौतमले जानकारी दिइन् ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ पाल्पा जिल्ला उपाध्यक्ष हरिप्रसाद पराजुलीलाई सम्मान समेत गरेको छ । पराजुलीलाई सम्मान—पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । महासंघ तानसेन नगर समिती कोषाध्यक्ष कमला पाण्डेको स्वागत मन्तव्यबाट बिषय प्रबेशबाट शुरु भएको बैठकमा प्रमुख अतिथीको आसनबाट बोल्दै वडा अध्यक्ष भट्टराई वन ऐन २०४९ अनुसार सामुदायिक वनलाई हस्तान्तर गरेको र पारित कार्ययोजना र विधानको आधारमा सामुदायिक समूह सञ्चालन सुझब दिए । उनले वन समूहहरु व्न, वाताबरण संरक्षणका सवालमा गम्भीर भएर लाग्न समेत आग्रह गरे ।

त्यसैगरी वन महासंघ नेपाल तानसेन नगर समिती अध्यक्ष भवानी गौतमले महासंघको महत्व तथा संगठन औचित्व र आवश्यकताको बिषयमा चर्चा गर्दै संगठन बलियो भए मात्र समुहबलियो हुने भन्दै सबै पक्षलाई वन संरक्षणका सवालमा एक जुट हुन आग्रह गरिन् । ओ अवसरमा जिल्ला समन्वय समितीकी सदस्य बसन्ता ज्ञवाली र वन महासंघ पाल्पा जिल्ला उपाध्यक्ष हरिप्रसाद पराजुलीले स्थानिय वन महासंघले वन संरक्षणका बिषयमा गरेको कामको प्रशंसा गरेका थिए । बैठकको सहर्जीकरण वन महासंघ तानसेन नगर समिती सचिब सुनिता शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे