LISTEN LIVE RADIO

राप्ती सामुदायिक वन भालुवाङको नयाँ नेतृत्वका लागि तीन प्यानल चुनावी मैदानमा



राप्ती सामुदायिक वन भालुवाङको नयाँ नेतृत्वका लागि तीन प्यानल चुनावी मैदानमा

भालुवाङ ११ पुस । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएको छ । पुस १४ गते हुन लागेको निर्वाचनका लागि तीन वटा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

समूहको नयाँ नेतृत्वका लागि महेश रिजाल, कणर्बहादुर केसी र पदमबहादुर झाँक्री नेतृत्वको तीन वटा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएको छ । तीन वटै प्यानलका उम्मेदारलाई निर्वाचन समितीले चुनाब चिन्ह प्रदान गरे संगै यति बेला तीन वटै प्यानलका उम्मेदवारहरु उपभोक्ताहरुको घर—घरमा पुगेर भोट माग्न समेत शुरु गरेका छन् । जसले गर्दा भालुवाङमा यति चुनावी महोल निकै तातिएको छ ।

जस अन्र्तगत अध्यक्ष महेश रिजाल नेतृत्वको प्यानलको उपाध्यक्षमा बिजुला खत्रीक्षेत्री, सचिवमा अन्जु सुनार, कोषाध्यक्षमा निलकुमार घर्तीमगर, सदस्यहरुमा जाबेद अहमद हलवाई, तुलसीकुमारी गिरी र सुनसरी घर्तीमगर रहनु भएको छ ।

त्यस्तै अध्यक्ष कणर्बहादुर केसी नेतृत्वको प्यानलको उपाध्यक्षमा बुद्धिबहादुर राना, सचिवमा कमला केसी, सह—सचिवमा सुस्मिता बोहरा, कोषाध्यक्षमा निलकुमार घर्तीमगर, सदस्यहरुमा कुमारीलक्ष्मी केसी, खड्कबहादुर बुढाथोकी, बिष्णुमाया पाण्डे, कुवारीदेवी गोराथोकी, भक्तबहादुर कुमाल, मानबहादुर रोका, मोहम्मद मुनिर दर्जी, भिमप्रकाश रोका, शान्ति कामी, सरस्वती मल्ल बोहरा र सरस्वती चौधरी रहनु भएको छ ।

यस्तै अध्यक्ष पदमबहादुर झाँक्री नेतृत्वको प्यानलको उपाध्यक्षमा पुनबहादुर रोकामगर, सचिवमा शान्ता जिसी, सह—सचिवमा सुमुन्द्र कामी, कोषाध्यक्षमा बिष्णुप्रसाद पोख्रेल, सदस्यहरुमा अब्दुल वकिल दर्जी, इश्वरी गाहामगर, कमली परियार, कल्पना सुनार, गिता केसी उपाध्याय, झकमा बिक, पवनकुमार गुप्ता, पिपला दमाई, बसन्तबहादुर खत्री, मिना दमाई, रिखीराम कुमाल, लुतराम बुढाथोकी, लालीदेवी राना, सम्झना पुन र हिमबहादुर मास्कीमगर रहनु भएको छ ।

उक्त समूहको कुल मतदाता ७ सय १३ रहेको छ । जसमा भालुवाङ पुरानो बजार, आँपखोली टोल, उपल्लो बगासोती तल्लो बगासोती खर्क, शान्तिपुर चैते, माछीताल र गौतम बुद्ध टोल लगायतका गाउँहरु पर्दछन् ।

गत मंसिर १६ गते भएको समूहको २५ औँ बार्षिक साधारणसभा तथा १४ औँ अधिवेशनको बन्द—सत्रमा नयाँ नेतृत्व चयनका बिषयमा सहमति हुन नसकेपछि राप्ती गाउँपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन गरी निर्वाचन प्रकृया अगाडी अगाडी बढाएको थियो । सोही अनुसार पुस १४ गते शनिबार बिहान ८ बजे देखि नेपाल राष्ट्रिय मावि भालुवाङको मैदानलाई मतदान केन्द्र समेत निधारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे