LISTEN LIVE RADIO

सल्यानमा लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन



सल्यानमा लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन

सल्यान १२ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा मौलिक लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

नव प्रतिभाहरुलाई पहिचान गर्दै लोक गायन र नृत्यको क्षेत्रलाई विकास गर्न र लोप हुने अवस्थामा पुगेका सोरठी पैसरी लगाएतका मौलिक लोक कला संस्कृतीको संरक्षण, सम्बद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पालिका स्तरिय सम्मेलन गरिएको हो । गाउँपालिकाका सात वटै वडाहरुबाट सम्मेलनमा प्रदर्शनी भएको थियो भने वडा स्तरबाट छनौट भएर आएका लोक गायन र नृत्यका प्रतियोगिहरुले धान्य पूर्णीमामा लाग्ने कालिमाटी मेलाको अवसरमा आयोजित कार्यक्रममा आआफ्नो प्रस्तुती राखेका थिए ।

गायन तर्फ यक्स डिसी पहिलो, धन बहादुर घर्ती दोश्रो, कल्पना वली तेश्रो र प्रतीक्षा राना सान्तवना भएको कार्यक्रम संयोजक शान्तराम सेन्चुरीले बताएका छन । यस्तै नृत्य प्रतियोगिता तर्फ मिस्मा घर्ती, रुपा खनाल, पुजा बिक र जुना रेउले क्रमशः पहिलो, दोश्रो, तेश्रो र सान्तवना भएका थिए । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र सान्तवना स्थान हाँसिल गर्ने विजेताहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार संगै प्रमाणपत्र प्रदान गरिएको सेन्चुरीले जानकारी दिएका छन । सम्मेलनमा कालिमाटी गाउँपालिका भित्रका ९ वटा र दांगको बबै गाउँपालिकाको एक समूह गरी १० वटा समूहले सोरठी तथा पैसरी नाच प्रदद्र्धन गरेका थिए । उनीहरुलाई सम्मान संगै प्रोत्साहन स्वरुप गाउँपालिका भित्रका समूहलाई प्रति समूह ४ हजार र पालिका वाहिरको समूहलाई २ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

लोक गायन तथा नृत्य प्रतियोगितामा वरिष्ट कलाकार प्रेमदेव गिरी संगै कलालकारहरु टिका सानु, शान्तराम सेन्चुरी, शेखर घर्ती मगर, अर्जुन रोका मगरले मुल्यांकन गरेका थिए । एच. आर. मिडिया हाउस तुलसीपुर दाङको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । विकट गाउँबस्तीका मौलिक संस्कृति लोप हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भइरहेको हुँदा संस्कृति पहिचान गर्न गाउँपालिकाले लगानी गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिएका थिए ।

पछिल्ला पुस्ताहरु मौलिक कला संस्कृतिलाई भुल्दै पश्चिमा संस्कृतितर्फ आकर्षित भइरहेको बेला लोक कला संस्कृती र मौलिकताको महत्व बुझाउन र यस्ता कला संस्कृतीको संरक्षणमा टेवा पुर्याउन कालिमाटी गाउँपालिकामा सम्मेलन आयोजना गरिएको एच. आर. मिडिया हाउसका एच. आर. मगरले जानकारी दिएका थिए ।, भने समापन कार्यक्रममा एच आर मिडियामा हाउसका का वा अध्यक्ष एच.आर. मगरले गाउँपालिका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सनसिल्ता वली डि सि, वरिष्ठ गायक प्रेम देब गिरि, गायिका टीका सानुलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे