LISTEN LIVE RADIO

देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पुन : जागेश्वर बसेल



देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पुन : जागेश्वर बसेल

लमही २४ मंसिर । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार लमही नगरपालिका ३ जखेरातालमा सम्पन्न भएको छ ।

अधिवेशनले पुन जागेश्वर बसेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जस अनुसार
बरिष्ठ उपाध्यक्षमा प्रकाश बेल्बासे, उपाध्यक्षमा नारायण बहादुर मगर, महासचिवमा राजेश कुमार गुप्ता, सचिवमा अभिषेक पोख्रेल, कोषाध्यक्षमा हरि बहादुर चौधरी रहेका छन् ।

त्यसै गरि सदस्यहरूमा लुमाकान्त बोहोरा, बिपिन बस्नेत
राम जनम चौधरी, महेश चौधरी, अमन चौधरी, सागर चौधरी, विशाल दाहाल, बिरेन्द्र गुप्ता, मुलचन्द्र चौधरी,
लोकबहादुर चौधरी रहेका छन् । संघका अध्यक्ष जागेश्वर बसेलको अध्यक्षता एवम् देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंगसिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, नेपाल पत्रकार महासंघ दाङका सदस्य शिवराज खनाल, संघका सदस्य हरिबहादुर चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा संघले आजिवन रक्तदान कार्यक्रममा रगत उपलब्ध गराई सहयोग वाफत नारायण परियारलाई प्रमाणपत्र सहित सम्मान गरेको थियोे भने । पत्रकारहरू ओमप्रकाश गुप्ता, मोतीराम भट्टराई, शिवराज खनाल, टेकबहादुर पुन, उमेश बञ्जाडे, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, डिलर व्यवसायी संघ दाङका उपाध्यक्ष शंकर अधिकारीलाई बचत गर्ने बानी बसाल्नका लागि मायाको चिनो स्वरूप माटोको खुत्रुके प्रदान गरेको थियो । कार्यक्रम संयोजक प्रकाश बेल्वासे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव राजेश कुमार गुप्ताले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे