LISTEN LIVE RADIO

हल्का पानी परे सँगै दाङ देउखुरीमा चिसो बढ्यो



हल्का पानी परे सँगै दाङ देउखुरीमा चिसो बढ्यो

दाङ १८ मंसिर ।  आज बिहानै देखि दाङमा चिसो बढेको छ । मौसम बदली भएसँगै हल्का पानी परेपछि दाङ देउखुरीमा चिसाे बढेकाे छ ।  चिसो बढ्दै जान थालेपछि दाङको जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण विशेष गरि वृद्ध र बालबालिका बढि प्रभावित भएका छन् । दाङको अधिकतम तापक्रम १९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यसैगरी वर्षा १ दशमलव ५ मिलिलिटर रहेको जल तथा मौसम फिल्ड कार्यालय घोराही दाङले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे