LISTEN LIVE RADIO

स्वदेशमै उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न आवश्यक छ : अध्यक्ष शर्मा



स्वदेशमै उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न आवश्यक छ : अध्यक्ष शर्मा

गढवा १७ मंसिर । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वदेशमै उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न आवश्यक रहेकाे बताएका छन् । आइतबार दाङ-देउखुरीको गढवामा रहेको बुद्धज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव कार्यक्रममा बाेल्दै अध्यक्ष शर्माले साे कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष  शर्माले शिक्षित बर्ग बिदेश पलायन डरलाग्दो अवस्था भएको बताउदै उच्च शिक्षाको लागि स्वदेशमै वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए । उनले अथक प्रयासको बाबजुद पनि पछिल्लो समयका नतिजाहरु निराशा जनक आएको बताउदै गुणस्तरीय शिक्षामा जोडदिन आवश्यक रहेको बताए । अध्यक्ष शर्माले गुणस्तरीय र व्यवहारीक शिक्षा दिन नसके सम्म नतिजा सुधार नहुने बताए ।

उनले वर्तमान शिक्षा निति/ प्रणालीमा पनि समस्या भएको बताउदै अध्यक्ष पोख्रेलले शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए। वर्तमान शिक्षा प्रणालीमा सुधार नगरे भयावहको अवस्था सिर्जना हुने बताए । कार्यक्रमकाे प्रमुख अतिथीकाे आसनबाट बाेल्दै अध्यक्ष शर्माले  जिवन उपयोगी शिक्षा दिन नसके सम्म शिक्षामा सोचेजस्तो परिवर्तन हुन नसक्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराम यादवको अध्यक्षता एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बिद्यालयका प्रिन्सीपल बसन्तराज भट्टराईले कार्यक्रममा बिद्यालयको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अनाथ तथा द्धान्दपिडितबाट एक एक जना पूर्ण निशुल्क कक्षा नर्सरी देखी कक्षा १२ सम्मको पठनपाठन गराएको जानकारी दिए । साथै प्रिन्सीपल भट्टराईले आंशिक निशुल्क विद्यार्थीहरु ७१ जना रहेको जानकारी गराउदै शैक्षिक जेहनदार तर्फ पूर्ण निशुल्क छात्रवृत्ति १ सय १२ जना पठनपाठन गरिरहेको जानकारी दिए । उनले आर्थिक पक्ष चुस्त बनाउनका लागि लेखा उपसमिति समेत गठन गरेको बताए ।

हाल विद्यालयमा १ हजार १ सय ५६ विद्यार्थी अध्ययनरत रहेका छन् भने ६० जना शिक्षक कर्मचारी रहेका छन् भने ५० कक्षाकोठा सहित विद्यालय सञ्चालन भैरहेको छ। विध्यालय बाट २०६२ सालदेखि २०७२ साल सम्मको एस एल सी मा २५ जना विद्यार्थी विशिष्ट श्रेणी, १ सय ५४ जना प्रथम श्रेणी, १ सय ५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन्।

त्यसैगरी २०७३ साल यता एसइइ मा ५६ जना ए प्लस, १ सय ८ जना ए, १ सय १५ जना बि प्लस, ६१ जना बि, २८ जना सि प्लस र १३ जना सि नतिजा ल्याउ सफल भएको प्रिन्सिपल भट्टराईले प्रतिबेदनमा प्रस्तुत गरेका थिए । त्यसैगरी शैक्षिक सत्र २०७९ को एसइइको परिक्षामा बुध्द ज्योति माध्यमिक विद्यालयका निष्मा यादव र उपासना आले देउखुरी उपत्यका प्रथम समेत भएका थिए ।

बार्षिकोत्सव समारोहमा नेपाल सरकारका स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा राप्ती इन्जीनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी, प्याप्सन दाङका अध्यक्ष मधुसुदन केसी, गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले, वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापा, प्याप्सन दाङका सल्लाहकार तथा सनलाईट माध्यमिक बिद्यालय लमहीका प्राचार्य रेशमबहादुर बुढा, प्याप्सन दाङका उपाध्यक्ष बिकास रजौरे, गोर्खा माध्यमिक बिद्यालय लमहीका प्रिन्सीपल लोकमान रिजाल, ज्योतिषमति बिद्यापिठ लमहीका प्रिन्सीपल नारायण भुसाल, एन प्याप्सन गढवाका अध्यक्ष निर्मल रावत, प्रतिष्ठा एकेडमी कालाकाटेका प्रिन्सीपल दिपक पोख्रेल, शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने र बिद्यार्थी दर्शना यादव लगायतले बोलेका थिए ।

कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरीक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो। विद्यालयका प्रवन्ध निर्देशक मोहनकुमार पाण्डेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका मञ्जु पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे