लुम्बिनीका कर्मचारीले भूकम्प प्रभावितलाई तीन दिनको तलब राहत दिने



लुम्बिनीका कर्मचारीले भूकम्प प्रभावितलाई तीन दिनको तलब राहत दिने

भालुवाङ २२ कार्तिक । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका छन्।

कार्यत्ररत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए। प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय निर्णयअनुसार एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटौँ देखि दशौँ तह वा सो सरह सम्मका कर्मचारीले २ दिनको तलव र सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय भएको हो ।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्। गत शुक्रवार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे