LISTEN LIVE RADIO

एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने



एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने

काठमाण्डाै २२ कार्तिक । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । आज बुधवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यही मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘आजको बैठकले भूकम्प प्रभावित जाजरकाेटमा मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेकाे छ । २०७२ सालकाे भूकम्पपछि पनि ५० हजार स्वंसेवक परिचालन गरेका थियौँ । स्वयंसेवक पाँच हजार कार्यदिनभन्दा बढी खट्नेछन् । एक करोड रुपैयाँभन्दा बढी मूल्यको श्रम हुन्छ । हजारौँ टहरा बनाएर हामी फर्कनेछौँ । यो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ ।

हामीले राहत वितरणकाे कामलाई पारदर्शी बनाउन सरकारसँग माग गरेका छौँ । राहत सङ्कलन भएर पनि प्रभावकारी ढङ्गले वितरण नभइरहेको, राहत एक ठाउँमा थुप्रिएकाे, पीडित चिसोमा भोकभोकै सुत्न बाध्य भएको गुनासाे आएकाे छ । यसमा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएका छौँ ।’ एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई ‘सेल्फी’ खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे