दाङबाट उद्धारका लागि शशस्त्रको टोली रुकुम पश्चिम प्रस्थान



दाङबाट उद्धारका लागि शशस्त्रको टोली रुकुम पश्चिम प्रस्थान

घोराही १८ कार्तिक । पश्चिम रुकुममा गए राती गएको भूकम्पमा परी घाइते भएकाहरु उद्धार तथा उपचारका लागि दाङबाट शशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाईएको जानकारी दिएका छन् ।

जिल्लाबाट टोलीले उद्धारका लागि आबश्यक पर्ने उद्धार सामाग्री ,औषधी लगेको छ । कर्णाली प्रदेश सरकारको समन्वयमा उद्धार पठाईएको उहाँले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको जानकारी दिनुभयो । दाङमा भने अहिलेसम्म भुकम्पबाट कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुबेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे