लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै



लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै

दाङ १८ कार्तिक । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीकाे टाेली पठाउँदैछ ।

अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीकाे टाेली पठाउन थालिएकाे हाे ।`अहिले उपचारकालागि स्वास्थ्यकर्मी पठाउँदै छाैं´, उनले भने`पछि भाैतिक पूर्वाधारकालागि पनि सामग्री पठाउने छाैं ।´ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासंग समन्वय गरि स्वास्थ्यकर्मी पठाउन लागिएकाे मन्त्री मास्कीले बताए । स्वास्थ्यकर्मीलाई सल्ले अस्पतालमा पठाईनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे