दाङमा शौचालयबाट कैदी फरार



दाङमा शौचालयबाट कैदी फरार

दाङ १३ कार्तिक । दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति फरार भएका छन् । मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन्।

शौचालय जान्छु भनेका नेपाली भागेपछि उनको अहिले खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे ।

प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनी फरार भएका छन् । नेपालीलाई खोज्न अहिले घोराहीमा व्यापक प्रहरी परिचालन गरिएको एसपी केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे