प्रतिष्ठानबाट फरार अभियुक्त २ घण्टा नबित्दै पक्राउ



प्रतिष्ठानबाट फरार अभियुक्त २ घण्टा नबित्दै पक्राउ

दाङ १३ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट फरार भएको अभियुक्त विवेक नेपाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले २ घण्टा नबित्दै फरार अभियुक्त नेपालीलाई पक्राउ गर्न सफल भएको छ । विवेक नेपालीलाई स्वास्थ्य परिक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको समयमा शौचालय जान्छु भनेर फरार भएका थिए ।
फरार भएको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लकाे कमान्डमा खटिएको टोलीले अभियुक्त नेपालीलाई घोराही उपमहानगरपालिका वडा नम्बर १८ रजेनाबाट पक्राउ गरेको डिएसपी मल्लले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङले डिएसपी जनक मल्लकाे नेतृत्वमा व्यापक प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी राम बहादुर केसीले जानकारी दिनु भयाे । पक्राउ परेका नेपाली केही दिन अधि मोबाइल चोरीको अभियोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे