LISTEN LIVE RADIO

गढवा उद्योग बाणिज्य संघकाे नयाँ नेतृत्व निर्विराेध निर्वाचित, अध्यक्षमा बस्याल



गढवा उद्योग बाणिज्य संघकाे नयाँ नेतृत्व निर्विराेध निर्वाचित, अध्यक्षमा बस्याल

देउखुरी १२ कार्तिक । दाङ-देउखुरीकाे गढवा उद्योग बाणिज्य संघकाे नयाँ नेतृत्व निर्विराेध निर्वाचित भएकाे छ । उम्मेदवार, निर्वतमान कार्यसमिती, निर्वतमान सल्लाहकार र राजनीति दलहरू बीच लामाे कसरत र महेनत पछि आज शनिबार नयाँ नेतृत्व निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितीले जनाएकाे छ ।

नव निर्वाचित कार्य समितीकाे अध्यक्षमा ओमप्रकाश बसेले, वरिष्ठ उपाध्यक्षमा मधा न्यौपाने, उपाध्यक्षमा चिन्ताप्रसाद पोखेल, महासचिव सन्दिप अधिकारी, सचिवमा दुखराम चौधरी र कोषाध्यक्षमा दुखहरण यादव निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितीका संयाेजक तथा संघका संस्थापक अध्यक्ष युवराज पाेख्रेलले जनाएका छन् । त्यसैगरी नव निर्वाचित कार्यसमितीकाे सदस्यहरूमा शिवलाल पौखेल, युवराज आचार्य, हिमबहादुर केसी, राजन खनाल, राजकुमार नेपाली, शरद रिजाल, देबिलाल दुधराज, डेगमान जिसी र कमल खड्का निर्वाचित भएका छन् ।

निर्वाचिन समितीले प्रकाशित गरेकाे निर्वाचन तालिका अनुसार संघकाे अध्यक्षमा तीन जना, बरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा १ जना, महासचिवमा २ जना, सचिवमा १ जना, काेषाध्यक्षमा १ जना र सदस्यमा १३ जनाकाे उम्मेदवारी परेकाे थियाे । जसमा अध्यक्ष तर्फ ओमप्रकाश बसेल, रामदास यादव, शुशिला भुसाल र महासचिव तर्फ शिबराज पन्थी र सन्दिप अधिकारीकाे उम्मेदवारी परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे