दशैं तिहारलाई लक्षित गरि चेम्बरद्वारा राप्तीका विभिन्न बजार क्षेत्रमा सरसफाई



दशैं तिहारलाई लक्षित गरि चेम्बरद्वारा राप्तीका विभिन्न बजार क्षेत्रमा सरसफाई

सिसहनियाँ २७ असोज । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि शनिबार राप्ती गाउँपालिकाको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजना तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा कमरोड देखि सिसहनियाँ बजार, कालापानी स्थित खाैराहाबाबा पर्यटकीय स्थल, पिपरी बजार र माैरीघाट बजार सरसफाई गरिएको चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेले जानकारी दिएका छन् ।

दशैंको सुरूवात भोली असोज २८ गते घटस्थापना देखि सुरू हुँदै छ । चार्ड पर्व सुरू हुनु पुर्व बजार क्षेत्र तथा तथा धार्मिक तथा पर्यटकीय क्षेत्र र सार्वजनिक स्थानहरूलाई सफा सुन्दर राख्न बजार सरसफाई गरिएको चेम्बरका अध्यक्ष बेल्वासेले जानकारी दिएका छन् ।

सरसफाईका क्रममा झाँडी सफा गर्ने र फोहोर वस्तु हटाउने कार्य गरिएको थियोे । सरसफाई कार्यक्रममा चेम्बरका पदाधिकारी तथा सदस्यहरू, सिसहनियाँ उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सिसहनियाँ, हाप्किडो मार्सल आर्ट, टोल विकास संस्था, क्लव, अटो व्यवसायी, बजारबासी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे