एकता र सद्भाव कायम गर्न चाडपर्व महत्वपुर्ण छ : अध्यक्ष विष्ट



एकता र सद्भाव कायम गर्न चाडपर्व महत्वपुर्ण छ : अध्यक्ष विष्ट

देउखुरी २५ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउका छन् ।

बिहिबार राप्ती गाउँपालिकाले गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, छठ पर्व तथा नेपाल संम्वतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताउका हुन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा आपसमा सद्भाव अभिवृद्धि गर्न चाडपर्वको महत्वपुर्ण भूमिका रहने उनको भनाई रहेको छ ।

’चाडपर्वले सहिष्णुता, सद्भाव र एकतामा सहयोग पु¥याउँछ’–अध्यक्ष विष्टले भने –‘त्यसैले चाडपर्वको महत्व छ, यिनको संरक्षण गर्नुपर्छ ।’ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, लुम्बिनी प्रदेश सरकारका पर्यटन, उद्योग तथा यातायात मन्त्रालयका उपसचिव राजेन्द्र पन्थी, थारु लोकतान्त्रिक मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष बुद्धिप्रकाश चौधरी, नेपाली कांग्रेसका प्रतिनिधि दुर्याेधन पाण्डे, नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिका संयोजक द्रोर्ण जिसी, नागरिक समाज राप्तीका सचिव ओमप्रकाश गुप्ता, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, नेपाल शिक्षक महासंघ राप्तीका अर्थ सचिब विनोद कुमार गुप्ता, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका जनप्रतिनिधि, क्रियाशील राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, प्रहरी प्रशासन, उद्योगी, व्यापारी, पूर्व जनप्रतिनिधि, शिक्षक संघ संगठनका प्रमुख, विद्यार्थी, संचारकर्मी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे