LISTEN LIVE RADIO

लमही अस्पतालले सुत्केरी र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने



लमही अस्पतालले सुत्केरी र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

दाङ २७ असोज । लमही अस्पतालको नियमित बैठक आज शनिबार बसेको छ । बैठक बसि समितिले विभिन्न निर्णय गरेको छ । लमही अस्पताल संचालक समितिका अध्यक्ष जोगराज चौधरीको अध्यक्षमा बसेको बैठकले यस प्रकारको निर्णय गरेको हो ।

लमही नगरपालिकामा बसोबास गर्ने महिलाहरु सुत्केरी हुन अस्पतालसम्म आउँदा र घर फर्किदा एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने निर्णय भएको हो ।

त्यस्तै जेष्ठ नागरिक र अति विपन्न नागरिकलाई वडाको सिफारिसका आधारमा पालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थासम्म जान र आउँनका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे