देउखुरीको पाखापानीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते



देउखुरीको पाखापानीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते

भालुवाङ २५ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

बिहिवार राती ८ बजेको समयमा महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको सु प प्र ०२००१ ख १२४७ नम्बरको बस र भालुबाङबाट लमही जाँदै गरेको रा ५ ख ४६७६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक लमही नगरपालिका ४ अर्नवा निवासी २९ वर्षिय पवन केसी गम्भीर घाइतेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल सिंहले जानकारी दिएका छन् । घाइते केसीको यो समाचार तयार पार्दा सम्म प्रस्ताविक भालुवाङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे