LISTEN LIVE RADIO

कलाकारिता क्षेत्र र संस्कृतिलाई पर्यटन सँग जोड्न आवश्यक छ : नगर प्रमुख चौधरी



कलाकारिता क्षेत्र र संस्कृतिलाई पर्यटन सँग जोड्न आवश्यक छ : नगर प्रमुख चौधरी

दाङ १३ असोज । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले कलाकारिता क्षेत्र र संस्कृतिलाई पर्यटन सँग जोड्न आवश्यक रहेको बताएका छन् ।

शनिवार दाङको घोराहीमा आयोजित राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको तेस्रो जिल्ला अधिवेशन तथा बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताएका हुन् । आधुनिकता सँगै थारु समुदायको पुराना कला संस्कृति हराउन सक्ने भन्दै नगर प्रमुख चौधरीले त्यसको संरक्षण र विकासका लागि पनि कलाकारिता र संस्कृतिलाई पर्यटन सँग आवश्यक रहेको बताएका हुन् । त्यस्तै नगर प्रमुख चौधरीले थारु समुदायको भाषा, संस्कार र पहिचान समेत हराउन थालेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको संरक्षणका लागि थारु कलाकारको भुमिका अहम हुने बताएका छन् ।

मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चौधरीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्य,संस्कृत विश्व विद्यालय राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरी, थारू साहित्यकार छविलाल कोपिला, समाजसेवी तथा बुद्धिजीवी बुझौना चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारू कला संस्कृति संरक्षणमा योगदान गरे वाफत बसन्त चौधरी, पार्वती चौधरी, बेझलाल चौधरीलाई मञ्चले दोसल्ला र सम्मापत्रले सम्मान गरेको थियो । मञ्चकी जिल्ला महिला उपाध्यक्ष बसन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका कार्यक्रम संयोजक श्रीनारायण चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे