राष्ट्रिय थारू कलाकार मञ्च दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित



राष्ट्रिय थारू कलाकार मञ्च दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित

दाङ १३ असोज । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

जस अनुसार उपाध्यक्षमा बसन्ती चौधरी र इन्द्र चौधरी, महासचिवमा श्रीनारायण चौधरी, सचिवमा रचना चौधरी र कोषाध्यक्षमा देवीराम चौधरी सर्वसम्मत चयन भएका छन् । त्यसै गरि मञ्चको सदस्यहरुमा दोषहरण चौधरी, नरेन्द्र चौधरी, मममता चौधरी, पुष्पा चौधरी, बुझौना चौधरी, महेश चौधरी, अपेक्षा चौधरी, विरु चैधरी, पार्वता चौधरी, सिमा चौधरी र प्रेम चौधरी सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे