लक्ष्मी महिला सहकारीको २१ औं वार्षिक साधारणसभा सम्पन्न



लक्ष्मी महिला सहकारीको २१ औं वार्षिक साधारणसभा सम्पन्न

सिसहनियाँ १३ असाेज । लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुशुम चाैधरीको अध्यक्षता एवम् संस्थाका संस्थापक अध्यक्ष तथा संविधान सभा सदस्य सुशिला चाैधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक प्रतिवेदन संस्थाकी व्यवस्थापक पुर्णिमा चाैधरीले प्रस्तुत गरेकी थिइन् । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य भानु विक, वडा नम्बर ६ का निर्वतमान वडा सदस्य ताराकुमारी चाैधरी, शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवर्णमान चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी उपाध्यक्ष शान्ति चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव शान्ति कुमारी चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे