LISTEN LIVE RADIO

लमहीमा आगामी पुस ११ गते देखि प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिता हुने



लमहीमा आगामी पुस ११ गते देखि प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिता हुने

लमही २० मंसिर । दाङ देउखुरीको लमहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आगामी पुस ११ गते देखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । यसै विच राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका पदाधिकारीको टोलीले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानको स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ ।

शनिवार लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा लगायतको टोलीले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानको स्थलगत निरिक्षण तथा अनुगमन गरेका हुन । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानमा हुने क्रिक्रेट प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्रिक्रेट संघका अध्यक्ष दुर्गा थापाले जानकारी दिए ।

क्रिक्रेट संघका प्रदेश सचिव सञ्जय गुरूङ, प्रदेश सदस्य किशोर गौतम, राष्ट्रिय खेलकुद परिषद् प्रदेश पाँचका कोच दिपेन्द्र प्रताप सिंह, क्रिक्रेट संघ दाङका अध्यक्ष प्रदिप मजगैँया लगायतको टोलीले मैदानको निरिक्षण गरेको हो । दाङको लमहीमा यसअघि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे